
काठमाडौं –प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी कुमोध ढुंगेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा काज सरुवा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी धर्म भण्डारीलाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा डीएसपी श्याम खत्रीको सरुवा भएको छ ।
जाजरकोटमा कार्यरत रवीन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका जनाइएको छ ।