३१ जेठ २०८३, आइतबार

अस्ट्रेलियाको क्वीन्सल्यान्डमा आएको बाढीमा थुप्रै चौपाया मरेपछि छानबिन गरिँदै

अस्ट्रेलियाको क्वीन्सल्यान्डमा आएको बाढीमा थुप्रै चौपाया मरेपछि छानबिन गरिँदै

काठमाडौं — अस्ट्रेलियाको क्वीन्सल्यान्ड सरकारले टाउन्सभिलमा आएको ऐतिहासिक बाढीपछि छानबिनको घोषणा गरेको छ । स्थानीय अधिकारीहरूले कीर्तिमान वर्षाको कडा प्रकृतिको अपेक्षा गर्न नसकेको प्रमाण जुट्दै गएपछि छानबिन गरिने भएको हो । 

स्वतन्त्र छानबिन समितिले आँधीको तयारी तथा तदारुकताका विषयमा अध्ययन गर्नेछ । आँधीका कारण एक हप्ताभित्र टाउन्सभिलमा एक मिटरभन्दा बढी पानी परेको थियो । 

क्वीन्सल्यान्ड राज्यको पश्चिममा बाढीका कारण तीन लाख चौपायाहरू मरेका छन् । उक्त दृश्यलाई शहरका मेयरले नर्कजस्तो भनी वर्णन गरेका छन् । क्वीन्सल्यान्डकी मुख्यमन्त्री आन्नास्टासिया पालास्चुकले यति धेरै चौपायाले तड्पीतड्पी मर्नुपरेको दृश्य देख्दा पेटै हुँडलिएको बताइन् । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसोनले शुक्रवार बाढीग्रस्त क्षेत्रमा राहतको घोषणा गर्दै ७५ हजार डलर दिइने बताएका छन् । त्यसबाहेक बाढीग्रस्त क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको सहायताका लागि थप ३० लाख डलर दिइने उनले बताए । 

आइतवार राति रोस नदीको बाँध खोल्ने निर्णयबाट आफ्नो सरकारलाई पलास्चुकले शुक्रवार दूरी बनाइन् । उक्त बाँध खोल्दा टाउन्सभिलका महानगरबाहिरका क्षेत्रमा पानीको विशाल मात्रा पसेको थियो । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्