
काठमाडौं — भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी मध्य प्रदेशको राजधानी भोपालमा भाषण दिन पुग्नुअघि शहरमा होर्डिङ बोर्ड लगाइएको छ ।
होर्डिङ बोर्डमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई रावण र राहुल गान्धीलाई रामका रूपमा देखाइएको छ । राहुलरूपी रामले मोदीरूपी रावणमाथि वाण चलाएको देखाइएको छ ।
होर्डिङ बोर्डमा लेखिएको छ – चौकीदार नै चोर हो ।
त्यसमा मोदीलाई दशवटा शिर भएको रावणका रूपमा प्रस्तुत गरिएको छ । दश शिरमा अमित शाह, नितिन गडकरी, अरुण जेटली, योगी आदित्यनाथ लगायतको तस्वीर बनाइएको छ ।
धनुषवाण बोकेका राहुल गान्धीलाई रामका रूपमा प्रस्तुत गरिएको छ ।
पोस्टर कांग्रेस कार्यकर्ताहरूले राखेका हुन् । सुरज तिवारी फ्यान्स क्लबले पोस्टर राखेको हो ।
यसअघि बिहीवार अर्को पोस्टर राखेर राहुल गान्धीलाई देशको आगामी प्रधानमन्त्री भनिएको थियो । केही पोस्टरहरूमा राहुललाई रामभक्त बताइएको छ । अनि राम मन्दिर बनाइने वाचा गर्दै सर्वसम्मतिबाट अयोध्यामा राम मन्दिर बनाइने भनिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले भने यो प्रकरणमा जिम्मेवारी नलिने बताएको छ ।
एजेन्सी