
चितवनको नारायाणी नदी किनारमा एमाले समर्थहरुको बाक्लो उपस्थिति रहेको थियो । शनिबार बिहान हेटौंडाबाट अघि बढेको अभियानले राजमार्गको करिब १४ किलोमिटर दूरी पार गरेको थियो । पानी परेपनि मानिसहरु सभामा सहभागी भएका थिए ।
स्वागत गर्ने क्रममा थारु भेषभूमा सजिएकाहरुले मयुर नाच समेत प्रदर्शन गरेको छ । एमाले चितवनले अहिलेसम्मकै ठूलो सभा र प्रदर्शन भएको दावी गरेको छ ।

