०६ असार २०८३, शनिबार

ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको खबर फैलिएपछि...

माघ २७, २०७५
ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको खबर फैलिएपछि...

ब्रसेल्स– बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको भन्दै  खण्डन गरेको छ । 

केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूताबासका प्रवक्ताले आइतबार बताए । 

दूतावासले भनेको छ, “जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन् ।” 

चीन र बेल्जियमबीच निरन्तररूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ । चिनियाँ दूताबासले आइतबार जारी विज्ञप्तिमा आगामी दिनमा बेल्जियम लगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिवद्ध छ भनिएको छ ।  

केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ यसमा कोही सफल नहुने उनको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्