१७ असार २०८३, बुधबार

हिमपातले मुगुको जनजीवन प्रभावित [फोटो फिचर]

कात्तिक २०, २०७४
हिमपातले मुगुको जनजीवन प्रभावित [फोटो फिचर]
मुगु, २८ फागुन–मुगु जिल्लाको लेकाली भेगमा हिमपात र औल क्षेत्रमा बर्षात भएको छ । हिमपात र बर्षातले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

बुधबारदेखि मौसममा परिर्वतन आई रातिदेखि लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने औल क्षेत्रमा निरन्तर बर्षात भएको छ ।

जिल्लाको ताल्चा, रारा, मुर्मा, मुन्दु, बाम, सोवा, डोल्फु, घुच्ची, मुर्माटप, चंखेली, ऋणीमोक्ष, लगायत क्षेत्रमा भारी हिमपात भएको छ । रारामा हिउ परेपछि भ्रमणमा आएका आन्तरिक तथा बाहय पर्यटकहरु रमाएका छन् ।

हवाई सेवा अबरुद्ध हुदा यात्रु अलपत्र परेका छन् । मुगु र जुम्लाको सिमा घुच्चीलेकमा बाक्लो हिउ परेपछि गमगढी नाग्मा चल्ने सवारी साधान अबरुद्ध भएका छन । हिमपात संगै झरी भएपछि गहु र जौ, बाली सप्रिने आशामा किसान उत्साहित भएका छन् ।

कृषि क्षेत्रको लागि यो पटकको हिमपात र बर्षातले गर्दा अन्नबाली फलफूल तथा तरकारी उत्पादनमा बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रशार अधिकृत रामसुरत पालले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्