२४ जेठ २०८३, आइतबार

काठमाडौंदेखि सोलुखुम्बुसम्म सलिनमानको ‘यात्रा’, यस्तो बन्यो ‘पन्च पन्छी’ गीत

काठमाडौंदेखि सोलुखुम्बुसम्म सलिनमानको ‘यात्रा’, यस्तो बन्यो ‘पन्च पन्छी’ गीत

काठमाडौं- चलचित्र ‘यात्रा’मा समावेश पहिलो गीत ‘पन्च पन्छी’ सार्वजनिक गरिएको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ । यात्राको क्रममा आउने आरोह अवरोहलाई गीतमा देखाइएको छ । काठमाडौंदेखि सोलुखुम्बुसम्मको दृश्यलाई कैद गरिएको भिडियोमा चलचित्रका मुख्य अभिनेता सलिनमान बनियाँसहित अन्य चार कलाकारलाई रोमान्टिक मुडमा देखाईएको छ । 

गीतमा चलचित्रकी मुख्य अभिनेत्री मल्लिका महतलाई भने देखाईएको छैन् । भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा सलिनमान, मल्लिकाका साथमा सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई, विशाल कटुवाल, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ । त्यस्तै विदेशी कलाकार चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा युट्युवमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । 

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्ता केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ हुन । बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । 

चलचित्रको निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । संजय लामाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहनेछ । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको चलचित्रका गीतमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी छ । चलचित्रमा सलिनमान एक भ्लगरको भूमिकामा प्रस्तुत छन् ।

salt training

कमेन्ट गर्नुहोस्