भक्तपुर, २८ फागुन - सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।
झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । रासस