१० असार २०८३, बुधबार

विभेदबारे परराष्ट्रमन्त्रीलाई गेसोको ज्ञापनपत्र

कात्तिक २०, २०७४
विभेदबारे परराष्ट्रमन्त्रीलाई गेसोको ज्ञापनपत्र


काठमाडौँ, २८ फागुन - परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसमक्ष गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले आज १४ बुँदे ज्ञापनपत्र बुझाउँदै गोरखा सैनिकमाथिको विभेद र शोषण अन्त्यका लागि बेलायतसँग कूटनीतिक पहल गर्न माग गरेको छ ।

गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वको टोली मन्त्री निवास पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा महतले माग सम्बोधन गराउनका लागि बेलायती पक्षसँग कूटनीतिक तहमा पहलकदमी गरिरहेको बताउनुभयो ।

गेसोले गोरखाको मुद्दा सम्बोधनका लागि अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौता हुनुपर्ने माग राखेको छ । सन् १९४७ मा बेलायत, बेलायत अधीनस्थ भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताका आधारमा बेलायतले गोरखा सैनिकलाई व्यवहार गरेको दाबी गर्दै आएपनि त्यो सान्दर्भिक नभएकाले नयाँ सम्झौता हुनुपर्ने गेसोको माग छ । रासस

salt training

कमेन्ट गर्नुहोस्