०५ असार २०८३, शुक्रबार

अदालत परिसरबाटै हतकडीसहित अभियुक्त फरार

अदालत परिसरबाटै हतकडीसहित अभियुक्त फरार

कैलाली– जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । 

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

 हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ । फरार दमाईंको पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्