०१ असार २०८३, सोमबार

राष्ट्रसङ्घ प्रमुखद्वारा कङ्गो मिसनका लागि थप प्रहरी सहयोग माग

कात्तिक २०, २०७४
राष्ट्रसङ्घ प्रमुखद्वारा कङ्गो मिसनका लागि थप प्रहरी सहयोग माग

जोहानेसवर्ग, २८ फागुन - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले अफ्रिकी मुलुक कङ्गोमा निर्वाचनमा भएको ढिलाइसँगै देशका थप इलाकामा द्वन्द्व मच्चिएको बताउँदै कङ्गोमा राष्ट्रसङ्घीय मिसनका लागि थप ३२० प्रहरीको आवश्यकता भएको जनाउनुभएको छ ।un

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद््मा प्रस्तुत एपीले प्राप्त गरेको प्रस्तावमा गुटेर्रेसले कङ्गोमा सत्तासिन र विपक्षी दलद्वारा हालै गरेको राजनीतिक सम्झौताले सन् २०१७ मा राष्ट्रपतीय निर्वाचन गर्न सहमति गरे पनि दुई पक्षबीच तनाव बढ्दै जाँदा निर्वाचनको अनिश्चितता भएको भन्दै कङ्गोका थप ठाउँमा समेत तनाव सिर्जना भएको बताइएको छ ।

कङ्गोमा वर्तमान राष्ट्रपति जोसेफ कविलाले आफ्नो कार्यकाल सन् २०१६को डिसेम्बरमा कार्यकाल पूरा गरे पनि सत्तामा बसिरहन चाहेकाले निर्वाचनको मिति तय नगरेको भन्दै देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्ने विपक्षीले जनाएको छ ।

सरकारले भने निर्वाचनको तयारी भइनसकेको भन्दै निर्वाचन मिति तय गरेको छैन ।

राष्ट्रसङ्घीय प्रहरी मिसनले कङ्गोको राजनीतिक प्रक्रियालाई सही दिशामा ल्याउन सहयोग पुग्ने गुटेर्रेसले बताउनुभएको छ । सहमतिअनुसार वर्तमान राष्ट्रपति भने निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउनुहुने छैन ।

salt training

कमेन्ट गर्नुहोस्