
काठमाडौं — भेनेजुएलाका विपक्षी नेता हुआन गुआइडोले विदेशबाट पठाइएका मानवीय सहायता सामग्री देशमा भित्र्याइने आफ्ना दशौं हजार समर्थकहरूलाई बताएका छन् । सामग्री भित्र्याउने प्रयासलाई राष्ट्रपति निकोलस मडुरोले विरोध गरिरहेका छन् ।
काराकासमा भएको भेलामा गुआइडोले सत्तामा जबर्जस्ती आएका मडुरोले कुर्सी छोड्नुपर्ने बताए ।
मडुरोले चाहिँ अहिलेकै अवस्थामा सहायता ल्याउन अनुमति नदिने किनकि त्यसो गर्दा अमेरिकाले हस्तक्षेपलाई जायज ठह–याउने स्थिति रहेको बताए ।
अमेरिका तथा धेरैजसो पश्चिमी मुलुकहरूले गुआइडोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएका छन् ।
मडुरोलाई रुस र चीनले समर्थन गरेका छन् । उनलाई समयअगावै राष्ट्रपति निर्वाचन गर्नका लागि दबाब बढिरहेको छ । यसबीचमा आर्थिक संकट झनै खराब भएको छ र व्यापक भ्रष्टाचार तथा मानवअधिकार उल्लंघनका आरोपहरू लागेका छन् ।
बीबीसीबाट