०५ असार २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिले सेनालाई दिए भव्य प्रशिक्षणको निर्देशन

चिनियाँ राष्ट्रपतिले सेनालाई दिए भव्य प्रशिक्षणको निर्देशन

काठमाडौं — चिनियाँ राष्ट्रपति शी चिनफिङले सेनालाई संसारकै सबभन्दा ठूलो प्रशिक्षणका लागि आदेश जारी गरेका छन् । प्रशिक्षणको उद्देश्य सशस्त्र बलहरूलाई युद्धको तयारीमा सुधार गर्नु रहेको सरकारी मिडियाले खबर छापे । 

माओत्से तुङपछिका सबभन्दा शक्तिशाली नेताका रूपमा हेरिने राष्ट्रपति शी कम्युनिस्ट पार्टी अफ चाइना, सेना र राष्ट्रप्रमुख हुन् । उनले सैन्य प्रशिक्षणको रेखदेखका लागि परीक्षण नियामकको आदेश दिएका छन् । 

यो नियामक मार्च १ देखि प्रभावमा आउने सरकारी समाचार संस्था शिन्ह्वामा बताइएको छ । पीपुल्स लिबरेसन आर्मीको युद्ध तयारी सुधारमा ध्यान केन्द्रित गरिनेछ । 

सैन्य प्रशिक्षणका बेलामा अनुशासन भंग हुने परिस्थितिको मापदण्डलाई चिनेर विवरण दिइनेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्