१२ असार २०८३, शुक्रबार

प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर हाम्रो नेपाली किबोर्डमा

प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर हाम्रो नेपाली किबोर्डमा

काठमाडौं – हाम्रो नेपाली किबोर्डले प्रेम दिवसको अवसर पारेर प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिरकर ल्याएको छ ।

प्रेममय फेब्रुअरीको शुभकामना दिँदै हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न सफल भएको जनाइएको छ ।

यसअघि, सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आँकडा चुम्न सफल भएको थियो ।

हरेक एप तथा एपका फिचरलाई प्रयोग गरिदिएर अभिव्यक्त गरेको माया तथा दिँदै आएको सुझाव तथा प्रतिक्रिया निरन्तर पठाइराख्न आग्रह गरिएको छ ।

‘नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक, नेपाली स्टिकरहरू समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेका थियौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रेमका लागि प्रख्यात महिना फेब्रुअरीलाई कसरी बिर्सन सकिन्थ्यो । प्रेम दिवस (भ्यालेन्टाइन) को यो विशेष महिनामा यहाँहरूका प्रेमिल गफहरूमा, सन्देशहरूमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरूलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस् भनी विभिन्न मायालु सन्देश सहितका नयाँ स्टिकरहरू थपेका छौं ।’

अभिव्यक्त गर्न नसकेका कुरा हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोल अंकित स्टिकरले सजिलै अभिव्यक्त गरिदिने जनाइएको छ । थपिएका नयाँ स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तीका शब्द समेटिएका छन् ।

यसका साथै हाम्रो पात्रोमा समेत प्रेम दिवस विशेष इकार्डहरू उपलब्ध छन् । हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुहोस् – https://play.google.com/store/apps/details?id=com.hamrokeyboard

salt training

कमेन्ट गर्नुहोस्