१२ असार २०८३, शुक्रबार

जापानमा प्राचीन बोनसाइ रुख चोरी, मूल्य एक करोडभन्दा बढी

जापानमा प्राचीन बोनसाइ रुख चोरी, मूल्य एक करोडभन्दा बढी

काठमाडौं — जापानमा एक दुर्लभ रुख चोरी भएको छ । राजधानी टोक्योनजिक रहेको सैतामा इलाकाको एक बगैंचाबाट ४०० वर्ष पुरानो बोनसाइ रुखका साथै सात अन्य दुर्लभ रुख पनि चोरी भएका छन् । 

यी सबैको मूल्य लगभग एक करोड तीस लाख पर्छ । साजसज्जामा प्रयोग हुने शिंपाकूको ४०० वर्ष पुरानो बोनसाइलाई फेब्रुअरीमा हुने एक प्रतियोगितामा राखिने योजना थिए । 

त्यो एक्लो रुखको मूल्य एक करोड जति पर्छ । 

पूर्वी एसिया विशेषगरी जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाइ तयार गरिन्छ । यो वास्तविक रुख जस्तै देखिन्छ तर यसको आकार निकै सानो हुन्छ । 

बोनसाइको रेखदेख गर्ने सिजी इमुराकी पत्नी फुयुमीले रुखमा नियमति पानी हाल्न चोरहरूसँग अपील गरेकी छन् । 

उनका अनुसार, पानी नहालेमा बोनसाइ एक हप्ता पनि बाँच्दैन । 

फुयुमीले भनिन्, ‘हामीहरू बोनसाइलाई बच्चा जस्तो गरी स्याहार्थ्यौं । बोनसाइ नहुँदा हाम्रो कुनै अंग काटिएको जस्तो लाग्दैछ ।’ 

उनका अनुसार, चोरहरू व्यावसायिक हुनुपर्छ किनकि उनीहरूले तीन हजार बोटमध्ये सबभन्दा महंगा चाहिँ चोरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्