
काठमाडौं — अस्ट्रेलियाको पर्थस्थित लीडरभिलेस्थित अरनमोर क्याथोलिक कलेजका प्रिन्सिपलले फुली लगाएकी एक हिन्दू विद्यार्थीलाई कुटपिट गरेका छन् । घटनाका कारण रिसाएका हिन्दूहरूले प्रिन्सिपलको राजीनामा मागेका छन् ।
एक हिन्दू नेताले बताएअनुसार, फुली लगाएर विद्यार्थीले स्पष्ट रूपमा परम्पराको सम्मान गरेको बताए । भारतीय उपमहाद्वीपमा महिलाहरूले फुली लगाउने परम्परा छ ।
हिन्दू देवीहरूको नाकमा पनि फुली देखिन्छ ।
ती नेताका अनुसार, प्रिन्सिपल ड्याक्लन तनहामलाई बर्खास्त गरेर घटनाको अनुसन्धान गराउन माग गरेका छन् ।
एजेन्सी