
काठमाडौं — बेलायतको नटिंघमशायरमा गत वर्षको जुलाइ महिनामा जन्मिएको इन्जेक्सन आकारको बच्चाले मृत्युलाई जितेर चिकित्सकलाई आश्चर्यचकित बनाएका छन् ।
तेईस हप्ताको गर्भावस्थामा जन्मिएका यी शिशुका बारेमा चिकित्सकहरूले निराशा व्यक्त गरेका थिए । यस्तो केसमा एक लाखमध्ये एकजना मात्र बच्ने चिकित्सकहरूको भनाइ छ ।
बच्चाकी आमा हाना रोज र उनका पार्टनर डेनियल बोन्सलाई चिकित्सकहरूले पाँच फरक फरक अवसरमा बच्चा नबाँच्ने बताएका थिए ।
बच्चा जन्मिनेबित्तिकै मेनिन्जाइटिसको लक्षण देखिन थालेको थियो । बच्चालाई कुनै हालतमा बचाउन नसकिने भनी चिकित्सकहरूले हाना र डेनियललाई बताएका थिए ।

तर बच्चाले अनेकौं बाधालाई पन्छाउँदै मृत्युलाई जिते । अब उनी घर गएका छन् ।
बच्चाको नाम जर्ज राखिएको छ ।
एजेन्सी