३१ असार २०८३, बुधबार

रणवीरको हर्कत भाइरल, भन्छन्- म अझै बच्चा छु, सिक्न बाँकी छ

रणवीरको हर्कत भाइरल, भन्छन्- म अझै बच्चा छु, सिक्न बाँकी छ

काठमाडौं -  बलिउड अभिनेता रणवीर सिंह यतिबेला आफ्नो आगामी फिल्म 'गली ब्याई'को प्रमोशनमा व्यस्त छन् ।

यस वर्ष रणवीर सिंह एक बायोपिक फिल्ममा देखिने भएका छन् । अप्रिलमा रणवीर सिंह चर्चित क्रिकेटर कपिल देवको बायोपिक '८३'मा देखिनेछन् । कबीर खानको यस फिल्मको नाम '८३' राखिनुको अर्थ सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले विश्वकप जितेको थियो ।

कपिलको क्रिकेट जीवनको यो सबैभन्दा ठूलो सफलता मानिन्छ । कपिलकी पत्नी रोमा देवको भूमिकामा रणवीरकी रियल पत्नी दीपिका पादुकोण रहने बताइएको छ ।

फिल्म प्रमोशनको क्रममा उनले बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा उनी निकै उत्साहित भएको देखिएको छ । सो अवसरमा रणवीर फिल्मको एक गीत गाउँदै दर्शकतिर हाम फाले । उनी हाम फाल्दै गर्दा दर्शकले भने भिडियो बनाइरहेका थिए । उनको 'जम्प'लाई धेरै असान्दर्भिक भनेका छन् ।

सामाजिक सञ्जालमा रणवीरको हर्कत देखेर 'बालापन छोड्देउ रणवीर' भन्दै आलोचना भइरहेको छ ।

तपाईं किन दर्शकको भिडमा कुद्नुभयो ? भन्ने प्रश्नमा रणवीर हाँस्दै भन्छन्, 'जब कसैले मलाई माया गर्छ भने उसलाई बदलामा माया नै दिनुपर्छ भन्ने मलाई लाग्छ । सबै मानिसको अलगअलग बानी हुन्छ । त्यस्तै मेरो बानी पनि सबैलाई माया गर्नु हो । त्यस्तो अवस्थामा केही हडबड हुन्छ नै । म अहिले पनि मनदेखि बच्चानै हुँ । समयक्रममा म पनि बढ्नेछु र सिक्नेछु ।'

रणवीर सिंहको फिल्म 'गल्ली ब्याई' बिहीवारदेखि बक्स अफिसमा रिलिज हुँदैछ ।

-बीबीसी हिन्दीको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्