०४ असार २०८३, बिहीबार

ज्यान मुद्दाका आरोपीसँग ५ लाख घुस लिने सुब्बाविरुद्ध मुद्दा दायर

ज्यान मुद्दाका आरोपीसँग ५ लाख घुस लिने सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौं– काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम मागेको उजुरीको आधारमा अख्तियारले  उनलाई पाँच लाख घुससहित पक्राउ गरेको थियो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो पाँच लाख कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्