२९ जेठ २०८३, शुक्रबार

नेपालको आफ्नै भू–उपग्रह तयार

नेपालको आफ्नै भू–उपग्रह तयार

काठमाडौं– नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए । 

आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ । नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा. रविन्द्र ढकालले जानकारी दिए । 

गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो । नेपाल र नास्टको लोगो अंकित स्टिकर टाँसिएको यो भू–उपग्रह सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको उपकुलपति श्रेष्ठले जानकारी दिए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्