०१ असार २०८३, सोमबार

प्राध्यापकले छ महिनादेखि तलब पाएनन्, दैनिकी चलाउनै समस्या भएकाे गुनासाे

प्राध्यापकले छ महिनादेखि तलब पाएनन्, दैनिकी चलाउनै समस्या भएकाे गुनासाे

रोल्पा- रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । 

छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् । तलब नपाउँदा दैनिकी समस्याग्रस्त हुँदै जान थालेको छ सहप्राध्यापक दीपेन्द्र शाहीले बताउनुभयो । “घरभाडा, रासनपानी तथा अन्य दैनिकी उधारोमा चलाएका छु”, शाहीले भन्नुभयो, “बिरामी पर्दा र चाडपर्वको बेला पैसाको बढी जरुरी पर्छ ।” 

“खानपिन, छोराछोरी पढाउन र अन्य दैनिक जीवनयापनका लागि समस्या हुँदै आएको छ”, अर्का सहप्राध्यापक श्याम बुढाले भन्नुभयो । समायोजन प्रक्रिया लम्बिँदा आफूहरुको दैनिकी चलाउन समस्या परेको उहाँले बताउनुभयो । अन्य साइड पेशा नभएकालाई थप समस्या हुने गरेको छ, बुढाले भन्नुभयो । 

क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकमा समायोजन भएकाले शिक्षक कर्मचारीलाई तलब भुक्तानीमा कठिनाइ भएको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । “समायोजन प्रक्रिया चलिरहेकाले तलब निकासा भएको छैन”, आचार्यले भन्नुभयो, “समायोजन प्रक्रिया टुङ्गिने बित्तिकै शिक्षक कर्मचारीको तलब भुक्तानी हुन्छ ।” 

तीन सय बढी विद्यार्थी रहेको सो क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदा विद्यार्थी शुल्कको भरमा चलेको थियो । क्याम्पस अनुदान आयोगले दिने वार्षिक रु पाँच÷छ लाख मात्रै उपलब्ध गराउने गरेको क्याम्पसले जनाएको छ । विद्यार्थीबाट वार्षिक रु ५० लाख शुल्क उठ्दै आएको छ । 

क्याम्पसमा १५ सहप्राध्यापक, एक शिक्षण सहायक, एक लेखापाल, एक लाइवेरियन र दुई कार्यालय सहायक कार्यरत छन । विसं २०६१ मा स्थापना भएको सो क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातकतहसम्मको पठनपाठन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्