
काठमाडौं — जापानको राजधानी टोक्योमा सिंगल युवक र युवतीहरूलाई पार्टनर खोज्नका लागि एक समारोह राखिएको छ । समारोहमा ससाना रोबोटहरू थिए ।
खासमा रोबोटहरूले एकअर्कासँग कुराकानी गर्न लजाउने युवक र युवतीको कुरा पु–याइरहेका थिए ।
यसमा २५ देखि ३९ वर्षसम्मका २८ युवक युवतीले भाग लिए । रोबोटका कारण चार जोडी समेत बने ।
यो समारोह टोक्योस्थित आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स तथा अन्य प्राविधिक काम गर्ने कन्टेन्ट इन्नोभेसन प्रोग्राम एसोसिएसनले आयोजना गरेको थियो ।
सीआईपीका अधिकारी युनोसुके ताकाहाशीले बताए, ‘रोबोटले आफ्नो बिहेको कुरा गर्न नसक्ने वा लजाउने मानिसको सहायता गर्न सक्छन् ।’
जापान न्युजका अनुसार, यो समारोहमा भाग लिनेहरूसँग ४५ फरक फरक विषयमा प्रश्नको उत्तर मागियो । त्यसमा उनीहरूको इच्छा, सोख र जागिर जस्ता जानकारी संलग्न थिए । यसपछि ती जानकारीहरू सानो रोबोटमा अप्लोड गरियो । यस जानकारीको आधारमा रोबोटले मानिसहरूले एक परिचय पनि तयार पा–यो । यो आँकडा प्रयोग गरेर रोबोटहरूले युवक र युवतीहरूको कुरा सुनाए ।
जापानमा विवाहेच्छुक मानिसहरू समारोहमा गएर पार्टनर खोज्छन् । यस किसिमका समारोहलाई जापानी भाषामा कोनकात्सु भनिन्छ । तर सम्भवतः पहिलोपटक यस्तो समारोहमा दुई मानिसको कुरा पु–याउनका लागि रोबोटको सहायता लिइयो ।
एजेन्सी