०६ असार २०८३, शनिबार

मुख्यमन्त्री रनिङ शिल्ड : पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले उचाले उपाधि

फागुन ५, २०७५
मुख्यमन्त्री रनिङ शिल्ड : पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले उचाले उपाधि

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले हात पारेका छन् । आज भएको फाईलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई तीन शून्यको सोझो सेटमा हराउँदै एक लाख रुपैयाँ आफ्नो पोल्टामा पारेको छ ।

रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि हात पारेको हो । पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६,२५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटकको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो ।

उपविजेता बनेको सल्यानले ७५ हजारमा मा चित्त बुझाएको छ भने घरेलु टोली सुर्खेत ५० हजार पाउँदै तेस्रो बनेको छ । समूह चरणको खेलबाट लगातार जित हात पार्दै शीर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा हार भोग्न बाध्य भएको हो । शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिएको हो ।

यस्तै महिला तर्फ कालीकोटले रुकुम पश्चिमलाई ३– शून्यकै सोझो सेटमा हराउँदै उपाधिसंगै एकलाख रुपैयाँ हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन । आयोजकले सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

यस्तै प्रतियोगितामा रुकुमका डायमण खड्का र महिला तर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बन्नु भएको छ । उनीहरुले समान ३ हजार ७ सय रुपैया पुरुस्कार पारेका छन् । यसैबीच खेलको समापन्न गर्दै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानी गर्नुपर्नेमा जोड दिए ।

उनले सिमित स्रोत र साधनका विच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै खेलमैदानको विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा कर्णालीका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अव भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताए ।

उनले आफहरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेको भन्दै आउँदो आर्थिक बर्षदेखी अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगिता संञ्चालन गरिने बताए । समापन्न कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी खेलकर्मी लगायत विभिन्न क्षेत्रका पुमख एवम प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

कमेन्ट गर्नुहोस्