०५ असार २०८३, शुक्रबार

उत्तर कोरियाली प्राविधिक किन पुग्यो पोखरा ?

उत्तर कोरियाली प्राविधिक किन पुग्यो पोखरा ?

पोखरा– पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ । 

उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरामा आज पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गरे । 
प्राविधिक टोलीसँगको भेटमा जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने योजनासहित काम भइरहेकोबताए । उनले पोखरालाई प्रविधिमैत्री शहर बनाउने सपना आफूहरूले देखेको र त्यसअनुरुप काम अघि बढाइएको बबताए । 

उत्तर कोरियासँग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको, स्मार्ट शहर बनाउने प्रारुप तयार गरिएको र कोरिया प्रविधिमा अगाडि बढेको देश भएकाले मिलेर काम गर्न सक्ने धेरै सम्भावना रहेको उउनले बताए । 

उत्तर कोरियाका प्राध्यापक डा चोसले पर्यटनलाई प्रविधिसँग जोडेर अघि बढ्न तयार रहेको बताउँदै त्यसका लागि आफूहरूकोतर्फबाट सहयोग हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्