१० असार २०८३, बुधबार

राष्ट्रिय यातायात नीति संशोधन हुँदै

राष्ट्रिय यातायात नीति संशोधन हुँदै

काठमाडौंसत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको बताएको छ । 

मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताएका छन् । उनका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ । सापकोटाले भने, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।” 

मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताए । सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उनले जानकारी दिए ।

उनले भने, “नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।” 

salt training

कमेन्ट गर्नुहोस्