१७ असार २०८३, बुधबार

रुकुम पुगे बाबुराम, १४ वर्षपछि देखियो यस्तो परिवर्तन

रुकुम पुगे बाबुराम, १४ वर्षपछि देखियो यस्तो परिवर्तन

काठमाडौं –देशमा एक दशक लामो सशस्त्र जनयुद्ध गरेको तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जनयुद्धको उद्गमथलो रुकुम पुगेका छन् । 

असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्राको २१औं दिन डा. भट्टराई नेतृत्वको टोली पूर्वी रुकुमको भुमे गाउँपालिकाको लुकुम गाउँमा पुगेका हुन् ।

लुकुमका स्थानीयले बाबुरामलाई फूलमाला र अवीरले स्वागत गरेका थिए । हिउँको बाटो छिचोल्दै बाबुराम रुकुम पुगेका हुन् ।

‘०६१ साल जनयुद्धको बेला आएको रुकुमकोट र आजको रुकुमकोट! आज मध्यपहाडी लोकमार्ग छ, क्याम्पस छ, केही सिमेन्ट कंक्रिट बिल्डिङ छन्, जिल्ला अस्पताल छ,’ रुकुमकोटबाट सामाजिक सञ्जाल फेसबूकमा तस्वीर सहित बाबुरामपत्नी एवं नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले सन्देश लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्