
कैलाली– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढीमा आएका छन् ।
बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी आएको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए।
भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए ।
यसअघि आजै अध्यक्ष दाहालले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर निरीक्षण गरे ।