१० असार २०८३, बुधबार

जसले मेयर पदमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा दिए

जसले मेयर पदमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा दिए

अङ्कारा– टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । 

“मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने । 

उनले थपे, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।” 

सभामुखबाट राजीनामा दिएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । 

उनले राजीनामा दिएपछि सभामुखका लागि फेरी निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्