१४ असार २०८३, आइतबार

साउदी युवराजलाई स्वागत गर्न विमानस्थल पुगे मोदी

साउदी युवराजलाई स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँदिल्ली– साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । दुई दिने भ्रमणका लागि पाकिस्तानबाट सिधै भारत पुगेका उनलाई स्वागत गर्न मोदी विमानस्थल पुगेका थिए । 

पाकिस्तान र भारतबीच तनाव चर्किरहेका बेला सलमानको भारत भ्रमणलाई मह्त्त्वका साथ हेरिएको छ । केही दिनअघि मात्रै भारत प्रशासित जम्मु–कश्मीरमा भएको आतंककारी हमलामा ४६ जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

पाकिस्तानमा पनि सलमानलाई भव्य स्वागत गरिएको थियो । सलमानले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्न सम्झौता गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्