
वीरगन्ज– भारतबाट आयात गरिने पेट्रोलियम पदार्थमा लेदो र पानी मिसाउने गरेको खुलाशा भएको छ । वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलस्थित इन्डियन आयल कर्पोरेशन (आईओसी)को डिपोबाट डिजेल र पेट्रोल लिएर नेपाल भित्रिएका ट्यांकरमा मंगलबार जाँच गर्दा पेट्रोलियम पदार्थमा फोहोर लेदो र पानी फेला परेको हो ।
वीरगन्जका पेट्रोल पम्पका सञ्चालकले गरेको गुुनासोको आधारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले रक्सौल डिपोबाट इन्धन बोकेर वीरगन्ज भित्रिएका चारवटा ट्यांकरको डिजेल र पट्रोल जाँच गर्दा लेदो र पानी भेटिएको हो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।