१० असार २०८३, बुधबार

दिल्लीमा भूकम्पको धक्का महसुस

दिल्लीमा भूकम्पको धक्का महसुस

नयाँदिल्ली– भारतको राजधानी दिल्लीसहित एनसीआर क्षेत्रमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । ४.० रिक्टर स्केलको भूकम्प गएको हो । दिल्लीसहित पश्चिम उत्तर प्रदशेका केही इलाकामा पनि भूकम्पको धक्का महसुस भएको थियो । 

समाचार संस्था आजतकका अनुसार भारतीय समय अनुसार बिहान ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्र बागपत क्षेत्र, उत्तर प्रदेश रहेको छ । भूकम्पको इपिसेन्टर जमीनदेखि ६ किलोमिटर तल रहेको बताइएको छ । योसँगै बुधबार बिहान ताजकिस्तान र अमेरिकामा पनि भूकम्प गएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्