
पोखरा - नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुँदैछ । स्थानीय सभागृहमा बिहीबार शुरु हुने सभा दुई दिनसम्म चल्ने ।
महासंघका अध्यक्ष गोविन्द आचार्य र महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन मार्फत तयारी पूरा भएको जानकारी दिए ।
आचार्यका अनुसार विधान संशोधनसँगै श्रमजीवी पत्रकारको हकअधिकारका लागि सशक्त रुपमा लाग्ने, स्वरोजगार मिडियाको संरक्षणका लागि राज्यले नीति ल्याउनुपर्ने, प्रेस स्वतन्त्रता विरोधी कानूनको विरोध र प्रेस स्वतन्त्रताको मापदण्डको परिभाषालगायत क्षेत्रमा पनि सभाले एउटा सन्देश दिनेछ ।, कान्तिपुरमा खबर छ ।