२५ जेठ २०८३, सोमबार

महिला विश्वकप छनोट : थाइल्याण्डले टस जित्यो, नेपालले बलिङ गर्दै

महिला विश्वकप छनोट : थाइल्याण्डले टस जित्यो, नेपालले बलिङ गर्दै

काठमाडौं– आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा शुरु खेलमा थाइल्याण्डले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको छ । 

नेपाल दोस्रो खेलमा घरेलु टोली थाइल्याण्डविरुद्ध मैदानमा उत्रिएको हो । थाइल्याण्डले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गरिरहेको छ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा आज नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्