०७ असार २०८३, आइतबार

दीपिकाको सेतो सारी भाइरल

फागुन ९, २०७५
दीपिकाको सेतो सारी भाइरल

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण बुधबार ‘लोकमत महाराष्ट्रियन अफ द इयर’ अवार्ड समारोहमा सहभागी भइन् ।

उक्त अवार्ड समारोहमा उनले ‘आइकनिक परफर्मर अफ द इयर’को अवार्ड हात पारिन् ।

अवार्ड समारोहमा दीपिकाले लगाएको पहिरनले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

समारोहमा उनले सेतो सारीमा देखिएकी थिइन् । सेतो सारीमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

दीपिका अहिले मेघना गुलजारको फिल्म ‘छपाक’मा देखिँदैछिन् ।

सन् २०१८ मा दीपिकाको एक मात्र फिल्म ‘पद्मावत’ रिलिज भएको थियो । जुन व्यवसायिक रुपमा सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्