
भारत- फिल्म निर्माता राजकुमार बरजात्याको निधन भएको छ ।
बडजात्याले बिहीवार मुम्बईको एच. एन. रिलायन्स अस्पतालमा अन्तिम श्वास फेरे ।
फिल्म निर्माता सूरज बरजात्याका पिता राजकुमार बरजात्याले हिन्दी सिनेमामा लामो समय काम गरे ।
राजकुमारद्वारा निर्मित अन्तिम फिल्म ‘हम चार’ थियो ।
उनलाई फिल्म फेयर अवार्डले समेत सम्मान गरिसकिएको छ ।
उनीद्वारा निर्मित ब्लकबस्टर फिल्महरू सन् २०१५ को ‘प्रेम रतन धन पायो’, ‘हम आपके हैं कौन’ तथा ‘मैंने प्यार किया’ हुन् ।