काठमाडौं– बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्ने ‘भाग्य यस्तै’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा गायिका जलजला परियार र गायक क्रिस पिकेको स्वर रहेको छ ।
निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको रहेको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा अहिलेकी ब्यस्त मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा कुमार श्रीले साथ दिएका छन् । गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।