११ असार २०८३, बिहीबार

सुत्केरी महिलालाई अण्डा वितरण

सुत्केरी महिलालाई अण्डा वितरण

डोटी- जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण गरिएको छ ।

दिपायल सिलगढी नगरपालिका बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई वटा पोषण परामर्श केन्द्रबाट ६६ जना गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिए ।

कलेनाभित्र रहेका ६६ जना गर्भवती तथा सुत्केरी महिलालाई एक/एक क्यारेट अण्डा वितरण गरिएको हो । सहभागी महिलालाई नगरपालिकाका बहुक्षेत्रीय पोषण योजनाका संयोजक हीरामाया मलासी र वडासचिव लोकेन्द्रराज जोशीले अण्डा वितरण गरेका थिए ।

स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताद्वारा पोषण परामर्श केन्द्रमा पोषण सन्तुलित आहार घरायसी सरसफाइ, तरकारी खेती तथा लैंगिक हिंसाजस्ता विषयमा महिलाले छलफल गर्ने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्