१७ असार २०८३, बुधबार

फ्रान्सका विद्यालयहरूमा प्रयोग हुने छैनन् माता र पिता शब्द, भयो कानून संशोधन

फागुन १०, २०७५
फ्रान्सका विद्यालयहरूमा प्रयोग हुने छैनन् माता र पिता शब्द, भयो कानून संशोधन

काठमाडौं — फ्रान्सको नेसनल एसेम्ब्लीले एक कानून पारित गरेर फ्रान्सका सबै स्कूलमा प्रयोग हुने फारममा माता र पिता शब्द नलेख्न निर्देशन दिएको छ । त्यसको स्थानमा प्यारेन्ट १ र प्यारेन्ट २ यी दुई शब्द प्रयोग गरिनेछन् । 

समलिंगी प्यारेन्टहरूसँग भेदभाव रोक्नका लागि फ्रान्सको स्कूल अफ ट्रस्ट बिलमा यो कानून संशोधन गरिएको हो । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंको पार्टी रिपब्लिक एन मार्चेले पूर्ण बहुमतका साथ संशोधनको यो फैसलाको स्वागत गरेको छ । 

संशोधनका लागि फ्रेन्च एसेम्ब्लीमा प्रस्ताव दर्ता गराएकी सांसद भ्यालेरी पेटिटले भनिन्, ‘यस संशोधनको उद्देश्य एक कानूनमार्फत बच्चाको परिवारको विविधतालाई विद्यालयको फारममा स्वीकार गर्नु हो । पेटिटका अनुसार, पुरानो कानूनमा सेम सेक्स प्यारेन्ट्सको उपस्थिति समेत थिएन ।’ 

तर फ्रान्सका केही सांसद यो संशोधनबाट खुशी छैनन् ।

संशोधनमा भनिएको छ, ‘कुनै पनि किसिमको भेदभावबाट बच्नका लागि विद्यालयमा नाम दर्ता गराउँदा, क्लास रजिस्टरमा, प्यारेन्ट्सको स्वीकृति लिँदा अनि अन्य किसिमका सबै आधिकारिक फारममा प्यारेन्ट १ र प्यारेन्ट २ उल्लेख गरिनेछ ।’   

फ्रान्समा सन् २०१३ मा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएको थियो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्