२५ जेठ २०८३, सोमबार

छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

फागुन १०, २०७५
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न क्षेत्रमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं, सिराहा, सर्लाही, महोत्तरी, बारा, मकवानपुर, चितवन र धनुषामा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका सडक छेउमा पार्किङ गरी राखेको बा४ख ९४०२ नम्बरको बसको हाईड्रोलिक ढोकामा च्यापिएर बसका सहचालक सिन्धुली घर भई हाल दक्षिणढोका बस्ने १९ वर्षीय किरण घिमिरेको बिहीवार राति मृत्यु भएको छ ।

ढोकामा घाँटी च्याँपिएको अवस्थामा घिमिरेलाई स्थानीयवासीले देखेर तत्काल उद्दार गरी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।  

सिराहा, कर्जन्हा नगरपालिका–१० प्रयागपुर चोकस्थित सडकमा स१त ४२३१ नम्बरको ट्याक्टरबाट खसेर उक्त ट्याक्टरले बिहीवार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका बस्ने ११ वर्षीय आशिष सदाको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सर्लाही, गोडैता नगरपालिका–४ रौवा गाँउस्थित सडकमा बिहेको रथ बिहीबार साँझ पल्टिँदा गम्भीर घाइते भएका रथका चालक सोही नगरपालिका–११ बस्ने २२ वर्षीय विकास महतोको जिल्ला अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका रथमा सवार गोडैता नगरपालिका–४ रौवा बस्ने १९ वर्षीय कसिम कुमार महतोलाई उपचारको लागि नवलपुरतर्फ लगिएको छ । 

महोत्तरीको औरही नगरपालिका–९ ईनर्वा टोलस्थित सडकमा ना७ख ३६७६ नम्बरको टिप्परले ज५प ३९४ नम्बरको मोटरसाइकललाई बिहीवार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार औरही नगरपालिका–१ बस्ने ४० वर्षीया मिलादेवी चौधरीको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित अन टेष्ट लेखिएको ट्याक्टरले साईकलयात्री सोही स्थान बस्ने १३ वर्षीय बिबेक सहनीलाई बिहीबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित सडकमा को१७प १८८० नम्बरको मोटरसाइकलले बिहीवार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री कैलाश गाउँपालिका–४ नामटार बस्ने ४० वर्षीय मिलनप्रसाद बर्तौलाको चुरेहिल हस्पिटल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

चितवनको भरतपुर महानगरपालिका–१ पानीट्यांकी ओरालोस्थित सडकमा ना४७प २७७५ नम्बरको मोटरसाइकल बिहीवार राति आफै अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका–११ बस्ने २८ वर्षीय बिपिन गुरुङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको मिथिला नगरपालिका–६ स्थित सडकमा स४प ११३१ नम्बरको मोटरसाइकल शुक्रवार बिहान आफैं अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय अमितकुमार साहलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय साकेत सिंहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्