सान्टिआगो,रोयटर्स – चिलीका एक प्रख्यात व्यवसायीले चिलीका अर्थ मन्त्रीलाई सेक्स डल उपहार दिएपछि चिलीमा यसको व्यापक विरोध शुरु भएको छ ।
सामाजिक सञ्जालमा उक्त सेक्स डल उपहार लिँदै गरेको मन्त्रीको फोटो अहिले भाइरल भइरहेको छ । र , यसमा चिलीका राष्ट्रपति मिचेली बाचलेटले समेत आलोचना गरेकी छिन् ।
‘एसेक्समा’ नामक निर्यात कम्पनीले हाँसोको रुपमा अर्थमन्त्री लुइस सेजपेड्सलाई वार्षिक डिनर कार्यक्रममा उक्त सेक्स डल उपहार दिएका थिए जुन व्यवसायीलाई प्रेरणा स्वरुप भनेर प्रदान गरेका थिए तर परिस्थिति ठीक उल्टो भयो ।
स्थानीय समाचारमा मन्त्री सेजपेडेसले मुस्कुराउँदै मानव साइजको सेक्स डल उपहार लिँदै गरेको र छेउमा अरु मन्त्रीहरु पनि उक्त सेक्सडलसँगै उभिएको तस्वीर छापिएपछि त्यसको ब्यापक विरोध भएको छ ।
चिलीका राष्ट्रपति बायचलेटले महिलाकोे आदर गर्न सबैले सिक्नुपर्ने भन्दै उक्त घटनालाई सहनै नसक्ने घटना भएको उनको ट्वीटरमा लेखेकी छिन् ।
उनको यस ट्वीट १२ सयभन्दा बढी ब्यक्तिले रि ट्वीट गरिसकेका छन् । र, धेरैले कमेन्ट पनि गरेका छन् ।
चिलीका एक उद्यमी ज्याकलिन गालभेजले ट्वीटरमा यस प्रकारको घटनालाई कहिलेपनि स्वीकार गर्न नसक्ने घटनाका भनेर बताएका छन् ।
राजनैतिक विश्लेषक किष्टोबल बेलिओले हाम्रो व्यापारलाई धरायशी बनाउने प्रयासको प्रमाण उक्त घटना भएको भनेर ट्वीट गरेका छन् ।

तर अर्थमन्त्री सेजपेडेसले डिनर कार्यक्रममा उक्त उपहार दिन्छ भनेर आफूले अनुमान नगरेको र ‘एसेक्समा’का प्रमुखले उक्त उपहार दिएको प्रति माफी मागेका छन् ।
मिनिस्ट्रो दी इकोनोमिया’,मिनिस्ट्रो सेजपेडेस र ‘रोबर्टो फानटुजी’ नाम गरेर ट्वीटरमा ह्यासट्याग ‘मुनिक्यानफ्लेबल’ अर्थात स्पेनिस भाषामा सेक्स डलको व्याख्या गरेर बुधवार चिलीमा उक्त तस्वीर भाइरल भइरहेका छन् ।
रोयटर्स