११ असार २०८३, बिहीबार

वीर अस्पतालको निर्माणाधीन भवनमा अस्थायी लिफ्टको तार चुँडिदा दुई जनाको मृत्यु

फागुन १०, २०७५
वीर अस्पतालको निर्माणाधीन भवनमा अस्थायी लिफ्टको तार चुँडिदा दुई जनाको मृत्यु

काठमाडौं- वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्टको तार चुँडिदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसएसपी पूजा सिंहका अनुसार सप्तरीका नवीनकुमार चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको हो ।

सप्तरीकै सचितानन्द चौधरीको गम्भीर अवस्थामा ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गएराति निर्माणाधीन भवनमा निर्माण सामग्री माथि लैजान बनाइएको लिफ्टको तार चुँडिएर उक्त दुर्घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्