काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ ।
युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा चल्यो । स्वयं शर्माले पनि एक अन्तर्वार्तामा युवासंघको तर्फबाट गीत हटाउन दबाब आएको स्वीकारेका छन् ।
सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको र देशमा व्याप्त विकृति विसंगतिविरुद्ध व्यंग्य गरिएको गीतमा यत्रो आपत्ति किन ? लोकान्तर शोका लागि दिलनिशानी मगरले युवासंघ अध्यक्ष रमेश पौडेललाई प्रश्न गरेका छन् ।
पशुपति शर्मालाई धम्क्याएको, गीत हटाउन दबाब दिएको लगायतका आरोपबारे के भन्छन् पौडेल ?
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :