
काठमाडौँ– काठमाडौँको कमलपोखरीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।
बम भेटिएको खबरलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।
यता ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा तीन जना घाइते भएका छन् ।
बम विष्फोटमा घाइते हुनेहरुमध्ये प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए ।
शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएको हो ।