०४ असार २०८३, बिहीबार

सुडानमा राष्ट्रिय आपतकालको घोषणा

फागुन ११, २०७५
सुडानमा राष्ट्रिय आपतकालको घोषणा

काठमाडौं– सुडानमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ । राष्ट्रपति ओमार अल–बाशिरले शुक्रबार टेलिभिजन सम्बोधन मार्फत एक वर्षका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् ।

उनले संघीय सरकारलाई निश्क्रिय बनाएका छन् भने सबै राज्यका गभर्नरलाई बर्खास्त गरेका छन् । राष्ट्रिय सुरक्षा समिति र गुप्तरच निकायले राष्ट्रपति ओमारले राजीनामा दिने तयारी गरेको बताएका थिए । तर, त्यसको विपरित राष्ट्रपति राष्ट्रिय आपतकाल लगाएका हुन् ।

सुडानमा पछिल्लो केही हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ र विरोधको प्रमुख निशानामा राष्ट्रपति ओमार छन् । सरकारले खाद्यान्त तथा इन्धनमा दिँदै आएको सहुलियत कटौती भएपछि गएको डिसेम्बरदेखि प्रदर्शन सुरु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्