
एजेन्सी- बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अहिले फिल्मको चाप छ । उनका फिल्महरू 'ब्याक टू ब्याक' हिट भइरहेका छन् । उनको सुन्दरताका साथै अभिनय पनि अब्बल छ । दीपिका जहाँ जान्छिन्, चर्चा पाइहाल्छिन् । उनले बलिउडका उम्दा अभिनेता रणवीर सिंहसँग विवाह गरेर घरजमसमेत गरिसकिन् ।
पछिल्लो समय उनको ब्लकबस्टर फिल्म हो- पद्मावत । हालै दीपिकालाई लोकमत महाराष्ट्रियन अवार्डबाट सम्मानित समेत गरियो ।
फिल्मका कलाकारहरू आफ्नो क्षेत्रमा सफल भएपछि राजनीतिमा आउने गरेको दृश्य प्राय: हरेक देशमा देखिन्छ । हालै दीपिकालाई पनि यसबारे प्रश्न सोध्दा उनले गतिलो जवाफ दिएकी छन् ।
के तपाई कुनैदिन राजनीतिमा आबद्ध हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले आफूलाई राजनीतिबारे धेरै थाहा नभएको र त्यसबारे जानकारी नभएको उत्तर दिइन् । उनले भनिन्, 'यदि मैले राजनीति ज्वाइन गरेँ भने म मिनिस्टर अफ स्वच्छ भारत बन्न चाहन्छु ।' यो सरसफाइसँग सम्बन्धित मन्त्रालय हो ।
यतिमात्र होइन, दीपिकाले आफूलाई सरसफाइमा लगाव भएको बताइन् । त्यसक्रममा उनले बाल्यकालको स्मरणसमेत गरिन् । उनले आफू बच्चा बेलामा साथीको घर जाँदा त्यहाँ पनि सफा गरिहाल्थिन् ।
दीपिका अब फिल्म 'छपाक'मा देखिनेछिन् ।