०६ असार २०८३, शनिबार

मालपोत कार्यालयले जारी गर्‍यो डिजिटल बडापत्र

फागुन ११, २०७५
मालपोत कार्यालयले जारी गर्‍यो डिजिटल बडापत्र

रसुवा- कार्यालयको गतिविधि छिटोछरितो सेवाग्राहीसामु सुसूचित गराउन मालपोत कार्यालय रसुवाले अब डिजिटल बडापत्र जारी गरेको छ । आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरू गरेको डिजिटल बडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत गर्न सहज हुने कार्यालयले जनाएको छ । 

वडापत्रमा मालपोत कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिन चाहिने कागजात, नियमानुसार लाग्ने शुल्कलगायतका विविध पक्षमा आम सेवाग्राहीलाई डिजिटल प्रणालीबाट नागरिक वडापत्रमार्फत पारदर्शी गराइएको कार्यालयका सूचना अधिकारी एलना थापाले बताए । उनका अनुसार विद्युतीय प्रणालीको नागरिक बडापत्र अवलोकनका लागि प्रतिक्षालयमा टेबुल, कुर्सी तथा सोफा राख्ने कार्यसमेत पूरा भइसकेको छ । 

मालपोत गतिविधिको साथसाथै आम नागरिकले सेवा लिने निकायमा जिल्लाको पाँचवटै गाउँपालिकाको गतिविधि, विकास निर्माण जानकारी एवं लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमूलक वृत्तचित्रसमेत देखाउन सकिए संरक्षण कार्यमा ससहयोग पुग्ने नागरिक समाजले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्