०५ असार २०८३, शुक्रबार

हात्तीलाई भाडामा प्रयोग गर्न रोक

फागुन ११, २०७५
हात्तीलाई भाडामा प्रयोग गर्न रोक

बाँके – बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न रोक लगाएको छ । 

सरकारले मेला, महोत्सवलगायत पर्वमा हात्ती भाडामा प्रयोग नगर्न निर्देशन दिएकाले रोक लगाइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।’

सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो । असोज महिनाअघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायत पर्वमा भाडामा दिने गरेको थियो । 
वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर पनि सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए ।

उनका अनुसार अहिले पनि विभिन्न कार्यक्रमका लागि आयोजकले हात्ती माग गर्दै निकुञ्जमा पुग्ने गरे पनि निकुञ्जले हात्ती भाडामा नदिने भन्दै फर्काउने गरेको छ । ४ हात्ती रहेको उक्त निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा ६ घण्टाको ५ हजार रुपैयाँ, सार्क देशका पर्यटकका लागि १० हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि २० हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।

नियम लागू भएपछि विभिन्न कार्यक्रमका आयोजकले शुल्क तिरेर पनि हात्ती नपाउने निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्