१२ असार २०८३, शुक्रबार

कर्णालीको राजधानी लागूऔषधको केन्द्र बन्दै

फागुन ११, २०७५
कर्णालीको राजधानी लागूऔषधको केन्द्र बन्दै

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागूऔषधको केन्द्र बन्न थालेको छ ।

विगतका वर्षहरूको तुलनामा यो वर्षको सात महिनाको अवधिमा करीब दोब्बर व्यक्ति लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले आर्थिक वर्ष २०७३/०७४ सालमा ५२ ग्राम ७७४ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो । सोही आर्थिक वर्षमा कोरेक्स ५ लिटर लागूऔषध २५२ ट्याब्लेट बरामद गरेको थियो । उक्त आर्थिक वर्षमा ३३ जना पुरुष तथा २ जना महिला पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा प्रहरीले ५१ जना पुरुष र पाँच जना महिलालाई लागूऔषध ओसारपसार तथा कारोबारको अभियोगमा पक्राउ गर्‍यो । यो झण्डै अघिल्लो आर्थिक वर्षको भन्दा करीब दोब्बर हो । सोही आर्थिक वर्षमा प्रहरीले ४८ केजी चरेश बरामद गरेको थियो भने ५८.७२४ ग्राम ब्राउनसुगर बरामद गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक क्षेत्रीको भनाइ छ ।

यता, चालु आर्थिक वर्षको शुरूआती सात महिनामा गत वर्षको भन्दा दोब्बर व्यक्ति पक्राउ परेका छन् । लागूऔषध मुद्दामा अहिलेसम्म ९७ जना पुरुष तथा ११ जना महिला पक्राउ परेका नायब उपरीक्षक क्षेत्रीको भनाइ छ । हालसम्म ६४.५४० ग्राम ब्राउनसुगर, चरेश ४.७० ग्राम, गाँजा १८१.५ ग्राम र लागुऔषध निट्राभेट–१० नामक १५७ ट्याब्लेट बरामद गरेको हो ।

किन बढिरहेका छन् दूर्व्यसनी ?

आवज संस्थाका सचिव नन्दा भण्डारी लागूऔषधको बिक्री वितरण तथा सेवन बढ्नु राम्रो नभएको बताउँछन् । ‘अधिकांश युवा बेरोजगार छन्, धेरै कमाइ हुने भन्दै यसमा लागेका पाइन्छन्,’ उनले भने, ‘खुला सीमाना भएका कारण आयात गर्न सहज हुने र अभिभावकले आफ्ना बालबालिकामाथि ध्यान दिन नसकेका कारण यस्तो भएको हो ।’

उनले सीमानालाई कन्ट्रोल गर्ने, अभिभावकले बालबालिका कहाँ के गरिरहेका छन् भन्नेमा ध्यान दिन सके र प्रहरीले अझ कडाइ गर्न सके लागूऔषधलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले युवा तथा बालकिालकालाई लागुऔषधको हानीबारे जनचेतानमुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरे भने सुर्खेत पहिले हव भएको बताउँछन् । ‘सुर्खेत योभन्दा पहिले लागूऔषधको हव थियो ।’ उनले दावी गर्दै भने, ‘यो प्रहरीको सक्रियताका कारण बढी समातिएको हो । हामीले यसको नियन्त्रण गर्न लागूऔषधमा काम गर्ने प्रहरीलाई महिनाको लागूऔषध उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेर उत्साहित तुल्याउँदै आएका छौं ।’ पुरस्कार जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौदेखि नै प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्