१० असार २०८३, बुधबार

बाल सुधार गृहबाट फरार भएका ३ जना पक्राउ , झ्यालको ग्रिल फोडी फरार भएका थिए

फागुन ११, २०७५
बाल सुधार गृहबाट फरार भएका ३ जना पक्राउ , झ्यालको ग्रिल फोडी फरार भएका थिए

रुपन्देही-सिद्धार्थनगर नगरपालिका-७ स्थित बालसुधार गृह रुपन्देहीबाट गत माघ २८ गते राति फरार भएका ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्धामा कैद भुक्तान गरिरहेका उनीहरु उक्त बालसुधार गृहको पछाडी झ्यालको ग्रिल फोडी फरार भएका थिए । फरार भएका व्यक्तिहरुको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनालाई प्रहरीले सोही बाल सुधार गृह पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्