अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर हमलापछि भारत र पाकिस्तानबीच विकसित ‘खतरनाक अवस्था’ले आफू भयभित भएको बताएका छन् ।
दुई देशबीच हाल निकै खतरनाक अवस्था रहेको ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा सम्वाददाताहरुलाई बताए ।
“जे भयो त्यसको कारण भारत र पाकिस्तानबीच निक्कै ठूलो समस्या उत्पन्न भएको छ,” उनले भने ।
आणविक हतियारसम्पन्न यी प्रतिद्वन्दी राष्ट्रबीचको तनाव अघिल्लो हप्ता भएको आत्मघाती हमला पछि बढेको छ । भारत प्रशासित कश्मिरमा भएको आक्रमणमा परेर ४२ भारतीय सैनिकको ज्यान गुमाएका थिए ।